काठमाडौं । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) उम्मेदवार प्रेमबहादुर आले विजयी भएका छन् । । आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् ।
यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेका थिए । राप्रपाका अंकबहादुर खड्काले ८ सय २ मत प्राप्त गरेका थिए ।
डोटीबाट सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । यससँगै आलेले तेस्रोपटक विजयी भएर संसदमा प्रवेश गरेका हुन् । उनी मव तथा वातावरण मन्त्री र पर्यटनमन्त्री समेत भइसकेका नेता हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-