काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट विकै ठूलो मत अन्तरसहित निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार अध्यक्ष प्रचण्ड २६ हजार ९०३ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याए भने एमालेका अव्दुस मियाँले ७ हजार ३९३ मत पाए ।
दुईपटक प्रधानमन्त्री भइसकेका दाहाल यसअघि चितवन ३ बाट निर्वाचत भएका थिए । यसपालि भने उनी चितवन छोडेर गोरखा २ मा गएका हुन् । यहान् यसअघि डा. बाबुराम भट्टराईले जितेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-