काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी ४० हजार ६४८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत मात्रै प्राप्त गरे ।
०७४ मा पनि सोही क्षेत्रबाट लिङ्देनले सिटौलालाई हराएका थिए । यसअघि २०७४ को निर्वाचनमा पनि उनले सिटौलालाई हराएका थिए । राजेन्द्रलाई नेकपा एमालेको समर्थन थियो भने सिटौलालाई सत्ता गठबन्धनको समर्थन थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-