काठमाडौं । निर्वाचनको नतिजा धमाधम सार्वजनिक भइरहेको समयमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेका छन् । सत्तारुढ कांग्रेससँगको गठबन्धनले माओवादीका सबै उम्मेद्वारले जित्न नसकेपछि प्रचण्डलाई फकाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो टेलिफोन गरेका हुन्।
कांग्रेससँगको गठबन्धनले माओवादीका केही उम्मेद्वार पराजित भएपछि प्रचण्ड केही असन्तुष्ट देखिएका छन् । कांग्रेसले इमान्दार भएर भोट नहाल्दा माओवादी उम्मेद्वार रहेका क्षेत्रमा रवि लामिछानेको पार्टीका उम्मेद्वार विजयी भएका छन् । कांग्रेसकै भोटले गर्दा काठमाडौँमा धेरै कम्युनिष्ट उम्मेद्वार पराजित भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-