काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले यसअघिको केपी ओली नेतृत्वको शक्तिशाली सरकारले जनतामा राम्रो डेलिभेरी गर्न नसक्दा स्थापित दलप्रति निराशा र आक्रोस बढेको र त्यही निराशा अहिलेको निर्वाचनमा व्यक्त भएको बताएका छन् ।
प्रवक्ता महतले सत्ता गठबन्धनको पक्षमा बहुमत भने आउने दाबी गरे । ‘हाम्रो अपेक्षाकृत परिणाम आएन । तर पनि गठबन्धनको बहुमत आउँछ । अब गठबन्धनकै सरकार बन्छ,’ इकान्तिपुरसँग कुरा गर्दै प्रवक्ता महतले भने, ‘विगतमा स्थापित दलहरुप्रति जनताको जुन विश्वास थियो, त्यो अघिल्लो पटकको चुनावमा बहुमत पाएर पनि नेकपाको सरकारले डेलिभेरी गर्न नसक्दा अहिले झन् बढेर गएको हो । चार वर्षसम्म नेकपा सरकारले सिर्जना गरेको निराशाको बोझ अहिले हामी पनि बोक्नुपरेको छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-