काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आवश्यक परे आफ्नो पार्टीले गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।
उनले शुक्रबार चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने उल्लेख गरे ।
उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन् । पछिल्लो समय नेपालका पुराना र स्थापित राजनीतिक दलहरुलाई कडा टक्कर दिँदै उनको पार्टीका उम्मेदवारहरु निर्वाचित भएपछि र समानुपातिकमा पनि राम्रो मत पाएपछि उनी सरकारका सहभागी हुन्छन् कि हुन्नन् भन्ने आम जिज्ञासा उत्पन्न भइरहेका बेला उनको यस्तो धारणा आएको हो ।







प्रतिक्रिया लेख्नुहोस्:-