काठमाडौं । मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदीय दलको नेता छान्ने प्रक्रिया नै सुरु नभइ प्रधानमन्त्री घोषणा गरेर केही नहुने बताएका छन् ।
उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र लिन जाने क्रममा ने संसद्मा को–को पुगेका छन् भन्ने कुरा नै आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
‘कसले के गर्यो भन्ने महत्वपूर्ण होइन, संसदीय दलको नेता जबसम्म छानिँदैन कांग्रेसभित्र, तबसम्म कसैले घोषणा गरेर केही हुँदैन,’ उनले भने, ‘संसद्मा को को पुगेका छन् त्यो पनि थाहा छैन हामीलाई, समानुपातिकमा को–को छन् त्यो पनि थाहा छैन, रिजल्ट आउनै बाँकी छ ।’ कोइरालाले आफू अझै दुईतीन दिन विराटनगर बस्ने र साथीभाइहरूसँग सल्लाह गर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-