जाङ्बु शेर्पा, दूरबिन नेपाल
विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो पटक आरोहणगरी विश्व किर्तीमान राख्न सफल नेपालका तेन्जिङ नोर्गेको जीवनीमा आधारीत चलचित्रको सिरिज निर्माण हुने भएको छ । विश्वकै सबैभन्दा ठुलो चलचित्र नगरी हलिउडको चलचित्र निर्माता कम्पनी नेटफिल्क्सले तेन्जिनको जीवनीमा आधारित सिरीज निर्माण गर्ने भएको हो । नेपालका तेन्जिन नोर्गे र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सन १९५३ को मे २९ तारिखमा पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्वलाई नै चकित तुल्याएका थिए । आगामी बर्षदेखि छायांकन शुरु हुने सिरिजको लागि यतिबेला कलाकारहरुको छनौट भइरहेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-