काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन्। उनी २८ हजार १०७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत ल्याउन सके ।
२०७४ सालको निर्वाचनमा केसी एमालेका उम्मेदवार खतिवडासँग पराजित भएका थिए। त्यतिबेला खतिवडासँग १० हजार मतको अन्तरले पराजित भएका केसी यसपटक खतिवडाभन्दा १२ हजार ५६४ बढी मत ल्याएर विजयी भए।







प्रतिक्रिया लेख्नुहोस्:-