काठमाडौं । गत मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको हालसम्म समानुपातिकतर्फ कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो।
समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ। त्यसमा सबैभन्दा बढी नेकपा (एमाले) ले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको छ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार छ सय २५ मत प्राप्त गरेको छ। तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले आठ लाख ९१ हजार आठ सय आठ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ५४ हजार आठ सय ७१ मत प्राप्त गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ५८ हजार चार सय ५९ मत, जनता समाजवादी पार्टीले दुई लाख ४८ हजार नौ सय ६८ मत, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ९३ हजार नौ सय ६४ मत पाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-