काठमाडौं । काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उनीहरुका बीचमा आइतबार भक्तपुरको बालकोटस्थित आली निवासमा भेटवार्ता भएको हो।
नेता सिंहका सहयोगी युपी लामिछानेले एमाले अध्यक्ष ओलीसँगको भेटमा बधाई साटासाट भएको बताए। नयाँ सरकार बन्ने समय नजिकिदै गइरहेको सन्दर्भमा दुई नेताबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-