काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन खोज्दा झडप भएको छ ।
सोमबार अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा बस्नेहरुले ढुङ्गामुढा गरेका थिए । सोमबार दिउँसोभरि तनाव भएको थियो । सो क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १९ जना घाइते भएका छन् ।
प्रदर्शनकारीले उचित विकल्प दिएर मात्रै आफुहरुलाई हटाउनुपर्ने बताएका छन् । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-