काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मात्रै देश विकास गर्न सक्ने दावी गरेका छन् ।
उनल बिहीबार कीर्तिपुरमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
देशको विकास र समृद्धिको बाटोमा एमाले चाहिने र यसमा जनताले साथ दिने बताउँदै उनले भने( हिजो अधिकारको आन्दोलनको समय थियो। जति राजनितक दल भए पनि फरक पर्दैनथ्यो। अहिले देशलाई विकास र समृद्धिको बाटोमा लैजानुपर्ने अवस्थामा धेरै दल होइन, बलिया दल चाहिन्छ।
३२ सिटलाई म्याजिक नम्बर भन्दै सरकार चलाउने युगको अन्त्य हुनुपर्ने सम्बोधनका क्रममा पोखरेलले बताएका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-