काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकाको फ्रिडम पार्टीको घन्टी जस्ताको तस्तै नेपालमा आउँदा कसरी फैलियो भन्ने प्रश्न गरेका छन्।
अध्यक्ष ओलीले मंगलबार उनलाई नै सम्मान गर्न राष्ट्रिय जनसांस्कृतिक महासंघले पार्टी मुख्यालय च्यासलमा राखेको बधाइ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
ओलीले लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी पार्टीको फोटोकपी भएको बताए। ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ। त्यसको चिन्ह घन्टी छ। दुरुस्त आकारको घन्टी यहाँ लिएर आएका छन्। त्यो अस्तिसम्म स्वाप्पै थियो। अहिले कसरी हुम्प फुल्यो। केही कारण त पक्कै होला,’ ओलीले भने।







प्रतिक्रिया लेख्नुहोस्:-