दूरबिन नेपाल
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अतिवादी रिपब्लिकन समर्थक तथा रिपब्लिकन रेडियोका पूर्व प्रस्तोता फ्रैंक वुकोलाई हतियार नियन्त्रण विभागको महत्वपुर्ण जिम्मेवारी दिएका छन । बुको उनै व्यक्ति हुन जसले सेप्टेम्बर ११ को आतंककारी हमलापछि अफगानिस्तानमा परमाणु बम खसाल्नुपर्छ भन्दै दवाव श्रृजना गरेका थिए । वुकोलाई हतियार नियन्त्रण विभागमा महत्वपुर्ण जिम्मेवारी दिनुबाट ट्रम्प प्रशासनको रणनीति अझै अस्पष्ट र शंकाष्पद भएको विष्लेशकहरुको भनाई छ । वुकोले कुनै बेला पूर्व राष्ट्रपति बाराक ओवामालाई अमेरिकामा नजन्मेको भन्दै विरोध गरेका थिए । वुकोले पूर्व विदेशमन्त्री हिलरी क्लिन्टनमाथी इस्लामिक संगठनहरुसंग सांठगांठ रहेको प्रचारपनि गरेका थिए । आप्रवासीप्रति अत्यन्तै अनुदार कठोर वुकोलाई हतियार नियन्त्रण विभागको महत्वपुर्ण सल्लाहकार नियुक्ति गरिनुले ट्रम्प प्रशासनको आगामी आप्रवासी तथा विदेश नीति झन अनुदार हुने संकेतको रुपमा पनि हेरिएको छ । वुकोले सिरिया र इरानमाथी पहिले नै आक्रमण गरि समाप्त पानुपर्ने धारणा राख्दै आएका छन । उनलाई आफ्नो संचारमाध्यमलाई आप्रवासी र डेमोक्रयाटहरुको विरोध गर्न दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । वुको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टमा पनि वरिष्ठ सल्लाहकारको रुपमा पनि कार्य गरिसकेका व्यक्ति हुन । वुकोलाई डेमोक्रयाटहरु विरुद्ध गोयबल्स शैलीमा प्रचार गरेको आरोप लाग्दै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-