काठमाडौं । पनः मतदान गर्ने माग गर्दै रोकिएको बाजुरा र स्याङ्जा–२ मा मतगणना तुरुन्त सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो ।
नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेका थिए । त्यसैगरी बाजुराको विभिन्न मतदान केन्द्रमा समेत बुथ कब्जा भएको भन्दै एमालेले पुन मतदान गर्नुपर्ने निवेदन दिएको थियो ।
स्याङ्जाको चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा ४ को राम मन्दिर मावि, वडा ५ का जनसक्रिय आधारभूत विद्यालय र दिनदलायु आधारभूत विद्यालयका सबै मतदात केन्द्रमा कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरेर फर्जी मत खसालेको एमालेको दाबी छ।
प्रतिक्रिया लेख्नुहोस्:-