काठमाडौं । संघीय सांसदमा निर्वाचित भएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले बुधबार विराटनगर कोइराला निवासमा बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको बताए । कोइरालाले मुलुकलाई सही बाटोमा अगाडि बढाउन बुद्धिजीवीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘मुलुकको अर्थतन्त्र एकदमै चिन्ताजनक अवस्थामा पुगेको छ । जबसम्म मुलुक आर्थिक रुपमा बलियो हुँदैन तबसम्म देशको विकास हुँदैन ।’
प्रतिक्रिया लेख्नुहोस्:-