काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अब बन्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने बताएका छन् ।
मन्त्री खाँणले बिहीबार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरूलाई धन्यवाद दिँदै निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरूले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकांक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताएका हुन् ।उनले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामूहिक प्रयत्न गर्ने पनि बताए ।
उनले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-