जाङबु शेर्पा, दूरबिन नेपाल, टेक्सस
नेपाल ब्लड डोनर्स अफ अमेरिका (बिडीए)ले संघका केन्द्रिय सदस्य तथा समाजसेवी स्वर्र्गीय ईरा आचार्यको स्मृतीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आचार्यको एक साता अघिमात्र अमेरिकामा नै असमायिक निधन भएको थियो । टेक्ससको लवकमा गत शनिवार सम्पन्न उक्त रक्तदान कार्यक्रममा करिव १२ जनाले रक्तदान गरेका थिए । रक्तदाताको संख्या कम भएपनि दान गरिएको रगतले ३६ जनासम्म बिरामीको जीवन जोगाउन सकिने कार्यक्रमका संयोजक बिडिए टेक्सास च्याप्टर सदस्य प्रेम श्रेष्ठले बताए । लवकस्थित भाईटल्यान्ट सेन्टरका कर्मचारीहरुका अनुसार नेपाली समुदायले आयोजना गर्ने रक्तदान कार्यक्रमले रगतको अभावलाई रोक्न ठुलो टेवा पु¥याउदै आएको बताएका छन । बिडीएद्वारा आयोजीत कार्यक्रममा स्थानीय नेपाली संस्थाहरु लवक नेपाली समाज, नेपाली नर्सहरुको संस्था सान तथा टेक्सास टेक युनिभर्सिटीको नेपाली बिद्यार्थीहरुको संगठन नेपाल बिद्यार्थी संघले आवद्धता जनाएका थिए । रक्तदान गर्नेहरुमा प्रेम श्रेष्ठ ( बिडिए आजीवन सदस्य २५ सौं पटक), शिव मुल, बिकल कोइराला, नारायण आचार्य, डा प्रकाश श्रेष्ठ, पेमा चोयमजोम श्रेष्ठ, ईस्वर श्रेष्ठ, कुशल अधिकारी, कमल लामिछाने, राज श्रेष्ठ, भोला आचार्य तथा डोल प्रसाद ढकाल रहेका छन । सो कार्यक्रममा बिडिएका वरिष्ठ उपाध्यक्ष रेशम घर्ति, नेपाली समाज लबकका अध्यक्ष डा. प्रकाश श्रेष्ठ, सचिब शिव मुल, पूर्व अध्यक्ष डा. माधव पाण्डे, एनएसएपूर्ब अध्यक्ष कुशल अधिकारी, नेपाल अमेरिका पक्रकार संघ नेजाका पूर्व अध्यक्ष भोला आचार्य लगायतको उपस्थिति थियो । विडिएले स्वर्गीय आचार्य कै स्मृतीमा सम्मान व्यत्त गर्दे गत नोभेम्वरको अन्तिम साता समेत टेक्सास राज्यकै डालासमा श्रदान्जली एबं स्मृति सभाको आयोजना गरेको थियो । सो कार्यक्रममा पनि २८ जनाले रगतदान गरेका थिए । स्वर्गीय आचार्यकी छोरी ईशाले आफ्नी आमाले गरेको कामबाट आफु सधैं प्रभावित भएको र त्यसलाई आफ्नो जीवनको प्रेरणाकोरुपमा लिइरहने वताइन । बिडिएका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार डा नन्द रेग्मीले आचार्यको असामयिक निधनले बिडिएलाई ठूलो अभाव महसूस भएको वताए । यसैविच बिडिएले स्वर्गीय आचार्यको सम्झनामा अन्य कार्यक्रमपनि गर्दै जाने बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-