काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सोमबार प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको थियो । भेटमा प्रचण्डले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन गृहमन्त्रालयले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-