काठमाडौं गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार सत्तारुढ नेपाली कांग्रेस ५७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेर सबैभन्दा ठूलो दल बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ४४ सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा माओवादी केन्द्रले १८ सिटमा जित निकाल्दै तेस्रो दल भएको छ ।
समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसकेको एकीकृत समाजवादी प्रत्यक्षमा १० सिट जितेर चौथो स्थानमा रहेको छ। समानुपातिकमा ३ लाख मत कटाएका राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले भने प्रत्यक्षमा समान ७–७ सिट जितेका छन् ।
अन्य दलहरू लोसपाले चार सिट, नागरिक उन्मुक्ति पार्टी तीन सिट, राष्ट्रिय जनमोर्चा, नेमकिपा, जनमत पार्टीले समान एक–एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-