काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति गरेको छ । सोमबार भर्खरै सम्पन्न निर्वाचनपछि पहिलोपटक सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक बसेको हो ।। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।
गठबन्धनले गठबन्धनलाई निरन्तरता दिने निर्णय सहितको संयुक्त विज्ञप्ति पनि जारी गर्ने भएको छ। शनिबार माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफूहरु गठबन्धनका सन्दर्भमा विकल्प खुला राखिएको बताएका थिए। त्यसपछि माओवादी केन्द्रले सत्ताका लागि एमालेसँग पनि गठबन्धन गर्न सक्ने आकलन भइरहेकै बेला सत्ता गठबन्धनको यो सहमतिलाई विशेष रुपमा हेरिएको छ। वर्तमान गठबन्धनमा कांग्रेस, माओवादी, लोसपा, नेकपा एस र जनमोर्चा छन्।
प्रतिक्रिया लेख्नुहोस्:-