काठमाडौं । नेपाल सरकारले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना बनाएको भन्दै भारतलाई कूटनीतिक नोट पठाएको छ। मंगलबार परराष्ट्र मन्त्रालयलेले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको हो।
भारतलाई पठाइएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने उल्लेख गरिएको छ।
यसका साथै सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ।
प्रतिक्रिया लेख्नुहोस्:-