डिसेम्वर ७/ प्राय शान्त रहने यूरोपियन देशको जनजीवन केही समय यता हिंसात्मक बन्दै गैरहेको छ। पेरिस, लण्डन र वर्लिन् जस्ता प्रमुख यूरोपियन शहरहरु केही बर्षा यता आतंकवादीहरुको निशानामा पर्दै आइरहेका छन्। सरकार बिरोधी प्रदर्शनहरु पनि निकै शान्तिपूर्ण ढंगले हुने गरेका यूरोपियन देशहरुमा अचेल प्रदर्शनहरु एकाएक हिंसात्मक बन्दै गैरहेका छन्। यसको पछिल्लो उदाहरण बनेको छ, फ्रान्सको राजधानी शहर पेरिस। फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रंले पेट्रोलियम पदार्थहरुमा करबृद्धि गर्न गरेको घोषणा लगत्तै शुरु भएको हिंसात्मक प्रदर्शनका दौरान यसैहप्ताको शुरुमै चारजनाको ज्यान गयो भने कैयन सुरक्षाकर्मी र प्रदर्शनकारीहरु घाइते भए। दर्जनौं सवारी साधनहरुमा आगो लगाइएको छ भने करोडौंको सार्वजनिक तथानीजि सम्पतिको क्षति भएको छ। अतिवादीहरुको घुसपैठले बिरोध प्रदर्शनहरु हिंसात्मक बन्दै गैरहेको आशंका गरिएको छ। फ्रान्स सरकारले बिरोध प्रदर्शन हिंसात्मक हुन थालेपछि ईन्धनमा गर्ने भनिएको करबृद्धि छ महिनाका लागि स्थगन गरेको भएपनि बिरोधहरु जारी नै रहेको छ। हिजो स्कुल/कलेजका विद्यार्थीहरु समेत प्रदर्शनमा सामेल भएर गाडीहरुमा आगो लगाउन थालेपछि सरकारले पेरिसमा मात्र ६५ हजार बढी सुरक्षाकर्मीहरु परिचालन गरेको छ।
यसैबीच शनिवार अझैठूलो प्रदर्शन गर्ने घोषणा केही अतिवादीहरुले गरेकाले फ्रान्समा सुरक्षा कर्मीहरुलाई अतिवादको सामना गर्न हदैसम्मको सुरक्षा कारबाही गर्न आदेश दिइएको छ। प्रदर्शन हिंसात्मक हुन थाले सुरक्षाकर्मीले कुनै सदासयता नदेखाउने भनिसकेका छन्। राजनीतिक विश्लेषकहरुले जारी हिंसात्मक घटनाहरुले राष्ट्रपति म्याक्रंको पद नै धरापमा पर्न थालेको भनेको छन्। कतिपयले हिंसात्मक प्रदर्शनहरु बढ्दै गयो भने उनलाई फ्रेन्च आर्मी जनरलले उनलाई विस्थापित गर्ने खतरा बढेको छ।

तस्वीर: सिविएसएन








प्रतिक्रिया लेख्नुहोस्:-