काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग जीवितै रहेको दाबी गरेका हुन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘महाभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति हो। यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ।’ बुधबार नै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन्। पत्र पाउने वित्तिकै राणा सर्वोच्च जाने तयारीमा थिए । बारले बिरोध गरेपछि उनी आज सर्बोच्च जान सकेनन् ।
प्रतिक्रिया लेख्नुहोस्:-