काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबै मिलेर न्यायालयको गरिमा बढाउनुपर्ने बताएका छन्।
उनले आज शनिवार बरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रममा यस्तो बताएका हुन्।
उनले लयमा फर्किएको न्यायालय मात्रै आफूहरूले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले न्यायालय आफैँ गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानून व्यवसायीहरुको भएको बताए।
गरिमामय न्यायालय, स्वच्छ न्यायालयको न्यायमूर्ति हुने हो भने त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकता आवश्यक रहेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-