काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना र पञ्चेश्वर परियोजनाको काम चाँडै सुुरु हुने दावी गरेका छन् । देउवाले विहीबार धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटनमा बोल्दै यस्तो बताएका हुन् ।
सम्बोधनको क्रममा उनले भने, ‘पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ । त्यो भरपर्दो कम्पनी छ,’ प्रधानमन्त्री देउवाले भने‚ ‘आउने भइसक्या छ ।’ प्रधानमन्त्री देउवाले पञ्चेश्वरको काम पनि चाँँडै सुरु हुने बताए । लुुम्बिनी भ्रमणमा आएका बेला र आफू भारत भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्रीले पञ्चेश्वरको विकासमा चासो राखेको उनले बताए । ‘पश्चिम सेती आउनेछ‚ पञ्चेश्वर पनि आउनेछ‚ ‘डडेलधुरा र सुदूरपश्चिमको विकास हुनेछ ।’






प्रतिक्रिया लेख्नुहोस्:-