काठमाडौं । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले आगामी शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो ।
बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु छन् । निर्वाचनको सबै नतिजा आइसकेपछि अब कसरी सरकार बनाउने विषयमा गम्भीर छलफल हुने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-