काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप ४ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
कास्की जिल्ला अदालतले लामिछानेसँगै पाँचजनालाई हिरासतमा राख्न आइतबार प्रहरीलाई अनुमति दिएको हो। प्रहरीले सरकारी वकिल कार्यालयमार्फत् १३ दिन म्याद थपका लागि अनुमति माग गरेकोमा न्यायाधीश हिमलाल बेलवासेको एकल इजलासले लामिछानेसगै पाँचजनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशीलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-