काठमाडौं । संवैधानिक इजलासले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग निष्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिवले लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
शुक्रबार सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले महासचिव गौतमले लेखेको पत्र कार्यान्वय नगर्न अन्तरिम जारी भएको हो। ‘सर्वोच्च अदालतले संसद सचिवालयका महासचिव भरतराज गौतमले चोलेन्द्र शमशेर जबरालाई पत्र काटी महाभियोग निष्प्रभावी भएको भन्ने पत्र कार्यान्वयन नगर्नू, नगराउनु भनी अन्तरिम आदेश दिएको’ उनले बताए ।
सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता पूर्णमान शाक्यलगायतले पत्र कार्यान्वयन नगराउन भन्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-