न्युयोर्क, डिसेम्बर ९ । नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाज (एनएएए) ले नेपाली श्रष्टाको सम्मानमा सम्झन लायक साँस्कृतिक कार्यक्रम गरेको छ । क्वीन्सस्थित शेर्पा किदुंगको हलमा नेपाली संगीतको स्वार्णिम युग गुञ्जियो ।
“श्रष्टा सम्झना सम्मान साँझ” मा हिजोको पुस्तालाई आजको पुस्ताले दुरुश्त पस्कियो । राष्ट्रिय नाचघर र प्रज्ञा भवनमा भेटिने मध्ये अधिकांश अनुहारको जमघट रहेको साँझमा १९ श्रष्टाका कालजयी सृजनाले हल गुञ्जयमान बनेको थियो ।
सेतुराम, मेलवादेवी, मित्रसेन, शिवशंखर, धर्मराज थापा, अमर गुरुङ्ग, नातीकाजी, फत्तेमान, नारायण गोपाल, पन्नकाजी, गोपाल योञ्जन, अरुणा लामा, अरुण थापा, झलकमान गन्दर्भ, कल्याण शेरचन, राम थापा, लोकबहादुर क्षेत्री र प्रविण गुरुङ्गका “अमर” गितलाई वर्तमानले न्याय गर्ने कोशिस गरे ।
सपना श्री, जगदिश समाल, विमल डाँगी, सुमन बुढामगर, गोमा योञ्जन गुरुङ्ग, पविता परियार, भगवान भण्डारी, लक्ष्मण पौडेल, निशा सुनार, रूवीन शर्मा, तिलकबम मल्ल,राजेन्द्र राई, प्रजा न्यौपाने, राम श्रेष्ठ, प्रेम सेन्चुरी, उदय भट्टराई, सानु शेर्पा, सरिता डाँगी, बसन्ती राइ लगायले अघिल्लो पुस्ताको सम्मानमा गित गाएका थिए ।
सोही कार्यक्रममा गोमा योञ्जन गुरुङ्ग र शिशिर श्रेष्ठलाई लाइफ टाइम अचीवमेन्ट अवार्ड प्रदान गरियो । २० बर्ष भन्दा बढी समय अमेरिका बसेर नेपाली गीत संगितको क्षेत्रमा निरन्तर योगदान पुर्याएवापत लाइफ टाइम अचीवमेन्ट अवार्ड बाट सम्मान गरिएकाे हाे ।
यस्तै समाजसेवी सम्मान ग्याल्जेन नोरु शेर्पालाई प्रदान गरियो । न्युयोर्क सिटीबाहिर रेष्टुरेन्ट व्यवसाय गर्दै आएका शेर्पालाई गैर नेपालीलाई पनि नेपाली संगित प्रति आर्कषित बनाएको भन्दै सो सम्मान दिइएको हो । फ्रेण्ड्ससिप तथा भाषा सस्कृति जर्गेना गरेको भन्दै किराँत याकथुुङ्ग चुम्लुङ्गलाई सम्मान गरियो ।
कार्यक्रममा दर्शकदिर्धालाई अनुसाशित बनाउने भन्दै आधिकारिक व्यक्ति बाहेकलाई तस्विर लिन र फेसबुक लाईभ गर्न निषेध गरिएको थियो । यस्तै दर्शकलाई नेपालीपन देखिने पोशाक लगाउन अनुरोध गरिएको थियो । तर उत्कृष्ट भेषभूषा र अनुशासित दर्शकलाई भने नगद सहित सम्मान गरिएको थियो ।
भेषभूषामा महिला तर्फ चुण्डी शेर्पा र पुरुषतर्फ दिप बागचन उत्कृष्ट हुदै पाँच पाँच सय डलर सहितको पुरस्कार जिते । यस्तै मनिता गुरुङ्गले भेषभूषाका साथै अनुशासित दर्शकको सम्मान पाईन ।
कलाकार संघका अध्यक्ष सुमन बुढामगरका अनुसार उस कार्यक्रममा खर्च कटाएर बचेको रकमबाट गायक मास्टर मित्रसेन र मेलवादेवीको नाममा संगित पुरस्कार स्थापना गरिने छ । सो पुरस्कार हेरक बर्ष एक पुरुष र एक महिला गायकले पाउने छन् ।









प्रतिक्रिया लेख्नुहोस्:-