जाङबु शेर्पा, दूरबिन नेपाल
अमेरिकाको न्युजर्सी राज्यमा प्रहरीसंगको गोलीहानाहानमा ६ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा प्रहरी अधिकृत समेत रहेका छन । गोली हानाहान लागु औषध कारोबारी र प्रहरीका विचमा भएको हो र सो घटनामा तीन जना सर्वसाधारणपनि रहेको समाचारमा जनाइएको छ । मृत्यु हुने प्रहरीको कांधमा गोली लागेको छ । न्यु जर्सीको विकिन्सन एभेन्यु र मार्टीन लुथर किंग ड्राइभ नजिकै रहेको जुविस सुपर मार्केटमा भएको घटनामा अन्य प्रहरी र सर्वसाधारण पनि घाइते भएका छन । गोली हानाहानमा लागौ औषध कारोबारीपनि रहेको प्रहरीको दावी छ । संकाष्पद व्यक्ति भएको स्थानमा प्रहरी पुगेपछि तस्करहरुले शक्तिशाली हतियारबाट गोली चलाउन शुरु गरेको जर्सी सिटीका प्रहरी प्रमुख काइकल केलीले जनाएका छन । तीन सर्वसाधारण सुपरमार्केट भित्रै मारिएका थिए भने घाइते प्रहरीलाई अस्पताल लगेपछि मृत्यु भएको थियो । संकाष्पद व्यक्तिहरु प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीका अनुसार तस्करहरुले चोरीको कार प्रयोग गरिरहेका थिए । घटनाको अनुसन्धान भइरहेको जर्सी सीटीका मेयर स्टेभन फुलोपले जनाएका छन । गोली हानाहान झण्डै एक घण्टा सम्म चलेको थियो । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि घटनालाई गम्भिरतापुर्वक लिइरहेको जनाएको छ ।
तस्विरः एजेन्सी








प्रतिक्रिया लेख्नुहोस्:-