Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गैर आवासीय नेपाली नागरिकताः कार्यान्वयनमा सहज बनाऔँ

मंसिर २८, २०८० १:२७ मा प्रकाशित
कुल आचार्य
Share on FacebookShare on Twitter

 

कुल आचार्य

२० वर्ष पहिले गैर आवासीय नेपाली संघको स्थापना भए देखि नै हामीले सुरुमा दोहोरो नागरिकता र पछि
नागरिकताको निरन्तरताको माग गर्दै आएका थियौं। उक्त माग अहिले आंशिक रुपमा भए पनि पुरा भएको छ।
संविधानमा व्यवस्था भएको गैर आवासीय नेपाली नागरिकता गत अक्टोबर १५ मा पर्बत बाट जारी भै गत
अक्टोबर १७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट प्राप्त गरी त्यस्तो नागरिकता पाउने पहिलो
एनआरएन हुन पौं दा स्वाभाविक रुपमै म गौरवान्वित भएँ । केही भावुक भएँ। तर आफूले बंशजको आधारमा
प्राप्त गरेको नेपाली नागरिकता त्याग्नु पर्दा दुख पनि लाग्यो । गैर आवासीय नेपाली नागरिकता संगै हाम्रा
भावी सन्ततीलाई अब नेपालसँग जोड्ने बाटो खुला भएको छ । जुन गैर आवासीय नेपाली नागरिकता संविधानले
व्यवस्था गरेको छ त्यो कार्यान्वयनमा आउँदा एक प्रकारले खुशीको अनुभूति पनि भएको छ ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि धेरै समस्याहरु आएका छन् । हामीले नागरिकता लिन सुरु
गरेको डेढ महिनाको अवधिमा धेरै साथीहरुले उत्साहपूर्वक यो नागरिकता लिइरहनु भएको छ । तर यसको
कार्यान्वयनमा केही समस्याहरु देखा परेका छन् । नेपाली नागरिकता लिइसकेपछि विदेशी पासपोर्टमा ट्राभल
गर्दै गर्दा वा एयरपोर्टमा जाँदै गर्दा भिसा सिद्धियो, नेपाली नागरिक हुँ भनेर केही दिन उ नेपालमै बस्यो तर
भिसाको अवधि सकिँदा अध्यागमनले पेनाल्टीसम्म लिएको अवस्था छ । यो व्यवस्था सहज बनाउनका लागि
नेपाल सरकार तत्कालै गम्भीर बनेर समस्याको समाधान गर्न तयार हुनपर्छ । यी समस्याहरुलाई जति सक्दो
चाडो सम्बोधन गर्न म नेपाल सरकारलाई आग्रह गर्दछु।

१ नेपालको संविधान २०७२ को दफा १४ मा नेपाली नागरिक सरह सामाजिक, आर्थिक तथा सांस्कृतिक
अधिकार पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने उल्लेख छ। संविधानले व्यवस्था गरे
अनुसार व्यवहार गर्न नेपाल सरकारले सम्पूर्ण सरकारी निकायलाई स्पष्ट निर्देशन दिन जरुरी छ । जस अनुसार
एनआरएन नागरिकता वाहकलाई अध्यागमनमा छाप मात्रै लगाएर 'इन र आउट' हुने व्यवस्था गर्न तथा
मालपोत कार्यालय, कम्पनी हाउस लगायतलाई संविधानले प्रदत्त गरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक
अधिकार नेपाली नागरिक सरह उपलब्ध गराउन सर्कुलर गर्न जरुरी छ ।

२ एनआरएन नागरिकता वाहकले नेपाल भ्रमण गर्दा लिएको भिसा सकिए पछि जरिवाना तिर्नु पर्ने जस्ता
समस्या देखिएका छन्। त्यस्तै जिल्ला जिल्लामा एनआरएन नागरिकता प्रदान गर्दा फरक व्यवहार गरिएको
पाईएको छ। त्यसैले एनआरएन नागरिकता वितरणमा समान व्यवहार गर्न एकरुपता ल्या उन निर्देशन दिन
आवश्यक छ ।

३ एनआरएन नागरिकता पाए पछि पासपोर्ट पनि उपलब्ध गराउन अति आवश्यक तथा जरुरी छ। यसले गर्दा
एनआरएनहरुलाई यात्रा गर्न सहज हुने छ भने नेपाल सरकारलाई पनि राजस्व प्राप्त हुनेछ ।

एनआरएन नागरिकताको कार्यान्वयन पछि संसारभरिका नेपालीहरुले नेपालमा रहेको उनीहरुको सम्पत्ति बिक्री
वितरण गरेर विदेश लग्ने प्रवृत्तिमा कमी आइरहेको छ। नेपालमा लगानी गर्न उनीहरुको रुची बढेर गएको छ।
त्यस्तै विदेशमा हुर्की रहेका दोश्रो र तेश्रो पुस्ताका एनआरएनहरुले पनि नेपालको नागरिकता लिन चासो
देखाई रहेका छन्। त्यसैले मुलुकको स्वतन्त्रता र सार्वभौमिकता सुदृढ हुने तथा आर्थिक समुन्नतिमा पनि
मदत पुग्ने यो ऐतिहासिक निर्णयको कार्यान्वयन प्रक्रियालाई अरु सहज र झन्झटमुक्त बनाउन म नेपाल
सरकार समक्ष हार्दिक आग्रह गर्दछु।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !
Breaking News

स्यानफ्रान्सिस्कोमा नविन के भट्टराईको शो ‘शोल्ड आउट’ !

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन
Breaking News

युनाइटेड नेपालिज अफ क्यालिफोर्नियाद्वारा देउसी–भैलो कार्यक्रम सम्पन्न, झण्डै दश हजार डलर संकलन

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने  !
Breaking News

कम्युनिटी सेन्टरमा शनिबार कमेडी नाइट हुने !

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !
Breaking News

स्यानफ्रान्सिस्कोमा सेफ सापकोटाको नयाँ रेष्टुरेण्ट !

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने
Breaking News

सोमबारबाट महावाणिज्यदूतावासको सेवा शुरू हुने

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य
Breaking News

विशेष महाधिवेशनमार्फत युवा नेतृत्व आवश्यक : नेता आचार्य

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result