अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को नयाॅ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
फिप्नाकोआईतवार न्युयोर्कमा सम्पन्न सातौं राष्ट्रिय महाअधिवेशनले लोक चेम्जोङको अध्यक्षतामा सर्वसम्मत नयाॅ कार्यसमितिको चयन गरेको हो ।
फिप्नाको बरिष्ठ उपाध्यक्षमा पदम बहादुर गुरुङ, उपाध्यक्षमा गोमा योन्जन र महासचिवमा नरेन्द्र थापा चयन भएका छन् ।
यस्तै टोमा लामा सचिव,छोन्जोम लामा कोषाध्यक्ष,सुबर्ण कुमार श्रेष्ठ सहकोषाध्यक्ष र सदस्यमा पार्खी राई र पेन्पा जेन्पा चयन भएकाछन् ।
यस अघि अध्यक्षमा दाबि गर्दै आएका राजकुमार बिष्ट संघिय परिषाद फिप्नाको सभामुख चयन भएका छन् ।
लोक बहादुर लिम्बु र मन कुमार राई पनि अध्यक्षको प्रत्यासी थिए । १५ सयस्यीय कार्यसमितिमा क्षेत्रिय उपाध्यक्ष – २ जना, सचिव – १जना, बोर्ड सदस्य महिला – २ जना र बोर्ड सदस्य पूरूष – १ जना पदपूर्ति हुन बाॅकी छ ।
फिप्नाको नयाॅ कार्यसमिति
१.लोक बहादुर लिम्बु – अध्यक्ष
२.पदम बहादुर गुरूङ – बरिष्ठ उपाध्यक्ष
३.नरेन्द्र थापा – महासचिव
४.गोमा योञ्जन(मीना कुमारी) – महिला उपाध्यक्ष
५.टोमा लामा – सचिव
६.छोन्जोम छोन्जोम लामा – कोषाध्यक्ष
७.सुबर्ण कुमार श्रेष्ठ – सहकोषाध्यक्ष
८.पारखी राई – सदस्य
९.पेन्पा जेन्पा – सदस्य
१.राजकुमार बिष्ट – संघिय परिषाद फिप्नाको सभामुख
फोटो : फेसबुकबाट
प्रतिक्रिया लेख्नुहोस्:-