Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिकी विदेशमन्त्री पम्पिओको निमन्त्रणामा आज वासिंगटन आइपुग्ने

पुस २, २०७५ ३:३५ मा प्रकाशित
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली अमेरिकी विदेशमन्त्री पम्पिओको निमन्त्रणामा आज वासिंगटन आइपुग्ने
Share on FacebookShare on Twitter

अमेरिका डिसेम्वर १७/ नेपाल र संयुक्त राज्य अमेरिकाबीच १७ वर्षपछि उच्चस्तरीय औपचारिक भ्रमणको शुरुवात भएको छ । अमेरिकी विदेशमन्त्री (सेक्रेटरी अफ स्टेट) माइकल रिचार्ड पम्पिओको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली औपचारिक भ्रमणका लागि आज सोमवार वासिङ्टन डिसी आइपुग्ने कार्यक्रम रहेको छ।

 

सन् २००२ यता नेपाल र अमेरिकाबीच उच्चस्तरीय औपचारिक भ्रमण आदान प्रदान भएको थिएन। सन् २००२ को जनवरीमा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलको नेपाल भ्रमण र सोही बर्षको मे महिनामा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको पहिलो प्रधानमन्त्रीस्तरीय औपचारिक भ्रमण भए यता अमेरिका र नेपाल सरकारबीच कुनै उच्चस्तरीय भ्रमण आदान-प्रदान भएको थिएन। 

सन् १९९५ मा तत्कालीन अमेरिकी प्रथम महिला हिलरी क्लिन्टको भ्रमण अहिलेसम्मकै सबभन्दा उच्चस्तरको अमेरिकीबाट भएको नेपाल भ्रमण हो। कार्टर सेन्टरका संस्थापकका हैसियतमा नोवेल शान्ति पुरस्कार विजेता अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले नेपालमा माओवादी बिद्रोहीहरु शान्ति प्रक्रियामा आए पश्चात  भएको पहिलो संविधानसभा निर्वाचन पर्यवेक्षणका सन्दर्भमा २००७ र २००८ मा तीनपटक नेपाल भ्रमण गरेका थिए। 

राजा महेन्द्रले राष्ट्रपति ड्वाइट डेभिड आइजनहावरको कार्यकालमा सन् १९६० र राष्ट्रपति लिण्डन बि जोन्सनका पालामा सन् १९६७ मा गरेर दुईपटक अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। राजा महेन्द्रले त १९६० अप्रिल २८ मा संयुक्त राज्य अमेरिकाको संसदलाई सम्वोधन गर्ने अवसर समेत पाएका थिए। यसैगरी राजा विरेन्द्रले राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा सन् १९८३ मा अमेरिकाको राजकीय भ्रमण गरेका थिए। राजा महेन्द्र र विरेन्द्र मात्र नेपालका त्यस्ता राष्ट्राध्यक्ष हुन् जसले ह्वाइट हाउसमा अति विशिष्ट पाहुनाको हैसियतमा अमेरिकी सरकारको सम्मान पाएका थिए। 

त्यस यता सन् २००६ मा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका हैसियतमा केपी ओलीले तत्कालीन अमेरिकी विदेशमन्त्री कोन्डालिजा राइससंग भेंटवार्ता गर्ने अवसर पाएका थिए भने ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला कमल थापाले परराष्ट्रमन्त्रीका हैसियतले संयुक्त राष्ट्रसंघीय महासभामा भागलिन आएका बखत तत्कालीन अमेरिकी विदेशमन्त्री जोन केरीसँग भेटवार्ता गरेका थिए। 

यस पटकको परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण करीब दुई दशकपछि सबैभन्दा उच्चस्तरको औपचारिक भ्रमणको रुपमा हुँदैछ। ज्ञवाली नै नेपालका पहिलो भाग्यमानी परराष्ट्र मन्त्री हुन् जो आफ्ना अमेरिकी समकक्षीको मैत्रीपूर्ण निमन्त्रणामा अमेरिका भ्रमण गर्दैछन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दुबै देशका विदेशमन्त्रीहरुबीच डिसेम्बर १८ मा भेटवार्ता हुने कार्यक्रम रहेको छ। मन्त्रीस्तरीय वार्तामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धका साथै नेपालले अमेरिकासंग पाइरहेको व्यापारिक सहुलियत लगाएतका विषयमा समेत छलफल हुने बताइएको छ । मन्त्री ज्ञवालीले ह्वाइट हाउसका उच्च अधिकारीहरु लगाएत अन्तराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआइडी- USAID) र मिलेनियम च्यालेन्ज कॉर्पोरेशन (एमसीसी-MCC) का अधिकारीहरुसंग समेत द्विपक्षीय सहयोगका बारेमा कुराकानी गर्ने कार्यक्रम रहेको छ।

सन् १९४७ अप्रिल २५ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच कुटनैतिक सम्वन्ध स्थापना भएको थियो। त्यसको ११ बर्षपछि सन् १९५८ फेब्रुअरी ३ मा नेपालले वाशिंगटन डिसीमा आफ्नो राजदूतावास स्थापना गरेको थियो भने अमेरिकाले अर्को बर्ष सन् १९५९ को अगष्ट ६ का दिन नेपालमा आफ्नो राजदूतावास खोलेको थियो। 

सात दशक भन्दा लामो मैत्री सम्वन्ध रहेको नेपाल-अमेरिकाबीच निकै कम मात्र उच्चस्तरका भ्रमण हुन सकेका छन्। झण्डै दुई दशकमा भैरहेको परराष्ट्रमन्त्रीस्तरको भ्रमणले नेपालको प्रमुख बिकास साझेदार मुलुक अमेरिकाको तर्फबाट समेत उच्चस्तरको भ्रमण नेपालमा हुनसक्ने माहौल बनाउन सकेमा आगामी दिनमा थप अमेरिकी सहयोग नेपालले पाउने हुनसक्छ।

नेपाल-अमेरिका दौत्यसम्वन्ध स्थापना भएको ७० बर्ष पुगेको अवसर पारेर सन् २०१७ मा एमसीसी मार्फत ५०० मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार ५७ अर्ब ३३५ करोड नेपाली रुपैयाँ) अमेरिकी सहयोग नेपालले पाएको छ। पाँचबर्ष भित्र खर्च गर्नुपर्ने अमेरिकी सहयोग विद्युत प्रशारण लाइन बिस्तार र सडक सुधार परियोजनाहरुमा प्रयोग गर्नुपर्ने प्रावधान रहेको छ। 

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणदलमा परराष्ट्र सचिव शंकरदास बैरागी सहित अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, अर्थ, गृह मन्त्रालयका सहसचिवहरु र परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरु समेत सामेल हुनेछन्। आफ्नो राजदूत कार्यकालको अन्त्यतिर आएर नेपालका परराष्ट्रमन्त्री स्तरको औपचारिक भ्रमणको चाँजोपाँजो मिलाउन सकेकोमा राजदूत डा. कार्कीलाई राम्रै जस मिल्ने नेपाली कुटनीतिक मामिलाका जानकारहरु बताउँछन्। 

 

तस्बिर: परराष्ट्र मन्त्रालयको वेबसाइट

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result