जाङ्बु शेर्पा, दूरबिन नेपाल
यसै साता निधन भएका नेपाली चलचित्र क्षेत्रका दुई वरिष्ठ फिल्मकर्मीहरुलाई राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिएको छ । आइतबार निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र शनिबार निधन भएका दीपक क्षेत्रीलाई सोमबार सम्मान प्रदान गरियो । भट्टराईको शवमा नेपाल कम्युनिष्ट पार्टीको शवमा झन्डा ओढाइएको थियो । उपप्रधानमन्त्री इश्वर पोखरेलले दुबैको शवमा माला चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । चलचित्र विकास बोर्डको परिसरमा भट्टराई र क्षेत्रीको शव अन्तिम श्रद्धान्जलीको लागि राखिएको थियो । त्यसपछि शवलाई पशुपति आर्यघाट लगिएको थियो । परिवारले नमानेपछि भट्टराईको शवलाई शल्यपरिक्षण गरिएन । उनको निधन हर्ट अट्याकबाट भएको बुझिएको छ । वैवाहिक कार्यक्रमबाट निवास फर्कँदै गर्दा बाटोमै बेहोस भएका ५२ वर्षिय भट्टराईलाई उपाचारार्थ ओम अस्पताल लगिएको थियो । त्यस गलत्तै उनलाई मृतक घोषित गरिएको थियो । भट्टराई नेपाली चलचित्र निर्माता, निर्देशक तथा कलाकारका साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्ष समेत थिए । पशुपति आर्यघघाटमा भट्टराईको शवमा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपालको झण्डा ओडाएका थिए भने शवमा दागवत्ती उनका १५ बर्षीय छोराले दिएका थिए ।
अर्का चलचित्र कर्मी दिपक क्षेत्रीको मुटुमा रगत जमेको पोस्टमार्टमको क्रममा देखिएको थियो । प्रधानमन्त्री केपी ओलीले भट्टराई र क्षेत्रीको निधनमा दुःख व्यक्त गरेका छन् । ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले स्मृतिमा कलाकारद्धय रहिरहने उल्लेख गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-