काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनमा रहेका दलहरुमध्ये आफ्नो पार्टी सबैभन्दा ठुलो भएकाले सरकारको नेतृत्व गर्ने दाबी गर्नु स्वभाविक भएको बताएका छन् । प्रवक्ता महतले शनिबार बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘कांग्रेस संसदमा सबैभन्दा ठूलो दल हो। गठबन्धनमा पनि फराकिलो अन्तरले ठूलो दलको हैसियत हाम्रो छ। त्यसकारण नेपाली कांग्रेस प्रधानमन्त्री हुने हैसियतले नेपाली जनताले लिन्छन् भन्ने दृष्टिकोण छ। यो स्वाभाविक हो’, उनले भने।
प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक विषय भएको पनि बताए।
‘निर्वाचनबाट कांग्रेस ठूलो दल बनेकाले कांग्रेसको प्रधानमन्त्री बन्ने कुरा स्वाभाविक हुन्छ,’ उनले भने, ‘प्रचण्डजीले पनि प्रधानमन्त्री दाबी गर्नुभएको छ। यसलाई पनि हामी स्वाभाविक लिन्छौ। तर, सबै रूपमा कांग्रेसको नेतृत्व उपयुक्त हुन्छ।’







प्रतिक्रिया लेख्नुहोस्:-