काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलबाट निर्वाचित भएका सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन् ।
नवनिर्वाचित सांसदहरुलाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका तर्फबाट बधाई तथा शुभकामना दिँदै देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न र जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी काम गर्न निर्देशन दिएका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीले छिट्टै गठबन्धनको बैठक बस्ने र सरकार गठनलगायतका विषयमा छलफल हुने बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-