काठमाडाै पुस ३ । शाही कालिन मन्त्रिपरिषद्का उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीकाे मंगलवार बिहान अाफ्नै निवासमा निधन भएकाे छ । नेपाली कांग्रेसबाट राजनीति शुरू गर्दै पछि कट्टर राजावादी भएका ९३ बर्षिया गिरी कलेजाे सम्वन्धी राेगबाट पिडित थिए ।
२०१७ साल पुस १ मा तत्कालिन राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी काेइरालालाइ नजरवन्द गर्दै पञ्चायति शासन लागु गरे पछि गिरी पनि राजा सँगै लागेका थिए । गिरीले प्रजातान्त्रिक अान्दाेलनलाइ धाेका दिएकाे अाराेप लाग्दै अाएकाे छ । २०३६ सालकाे जनमत संग्रहकाे घाेषणाकाे विरूद्दमा रहेका गिरी त्यस पछि लामाे समय श्रीलंकामा बसे ।
२०५९ सालमा ज्ञानेन्द्रले शाही कु गरे पछि गिरी पुन नेपाल फर्किएर शाही सरकार मन्त्रीपरिषाद्काे उपाध्यक्ष बनेका थिए । गिरीका श्रीमती, २ छोरा र २ छोरी छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-