Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी राष्ट्रपति विरूद्ध महाअभियोग, यस अघि तीन जनाले गरेका थिए सामना

पुस २, २०७६ २:३४ मा प्रकाशित
अमेरिकी राष्ट्रपति विरूद्ध महाअभियोग, यस अघि तीन जनाले गरेका थिए सामना
Share on FacebookShare on Twitter

 

वासिङ्टन, २ पुस : राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीन अन्य राष्ट्रपतिले महाअभियोग प्रक्रियाको सामना गरेका थिए । तर कुनै पनि राष्ट्रपतिले महाभियोगको पक्षमा मतदान भएर पराजित हुनुपरेको थिएन । रिचर्ड निक्सनले महाभियोगको चर्चापछि राजिनामा दिनुभएको थियो ।

 
महाअभियोग सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो ।  


डेमोक्रेटिक पार्टीका तर्फबाट सन् १८६८ मा राष्ट्रपति बनेका एन्ड्रु जोनसन एक मतले महाभियोगबाट बच्नुभएको थियो । उहाँले अमेरिकी गृहयुद्ध र दक्षिणी राज्यहरूलाई केन्द्रमा पुनः एकीकरण गर्ने र पुनः निर्माण अभियानका क्रममा अमेरिकी संसद (कङ्ग्रेस) मा द्वन्द्वको सामना गर्नुपरेको थियो । कङ्ग्रेसले दक्षिणी राज्यका प्रतिनिधिद्वारा मतदान गरी निर्माण गरेका जातीवादी कानून ‘ब्लाक कोड’सहित जोनसनको पहलमा निर्माण भएका सबै कानूनमाथि ‘भिटो’ शक्ति लगाएको थियो ।  

 
उक्त राजनीतिक सङ्कटमा जोनसनले आफ्ना युद्धमन्त्रीलाई नै बर्खास्त गर्नुभएको थियो जसका कारण उहाँमाथि महाभियोगका लागि संसदमा प्रस्ताव गरिएको थियो । यो नै संयुक्त राज्य अमेरिकाको इतिहासमा राष्ट्रपतिमाथि गरिएको पहिलो महाअभियोगप्रस्ताव थियो ।  

 
सन् १८६८ को फेब्रुअरी २४ मा त्यहाँको हाउस अफ रिप्रिजेन्टिेटिभ (अमेरिकी संसदको तल्लो सदन) ले महाभियोगको प्रस्तावमा मतदान गरेको थियो । यो राष्ट्रपतिद्वारा अमेरिकी सिनेटले नियुक्त गरेको व्यक्तिलाई हटाउने प्रयासपछि उक्त विवाद भएको थियो । तर एक महिनाको सुनुवाईपछि सिनेटले मे महिनामा गरेको महाअभियोगप्रस्ताव पारितका लागि मतदानमा दुई तिहाई पुग्न एक मत नपुगेपछि जोनसनको राष्ट्रपति पद जोगिएको थियो ।  

 
उहाँले दोस्रो कार्यकालका लागि पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बन्न विफल हुनुभएको थियो ।  

 
त्त्यसैगरी रिपब्लिकन राष्ट्रपति निक्सनले १९७२ मा भएको निर्वाचन अभियानमा पुनः निर्वाचन हुनका लागि वासिङ्टनस्थित वाटरगेट भवन, जहाँ डिमोक्रेटिक पार्टीको मुख्यालय थियो, मा भएको चोरी काण्डमा उहाँको दलले नै चोर पठाएको इन्भेष्टिगेटिभ रिपोर्टिङ (खोजी पत्रकारिता) को समाचार आएको थियो । उहाँले उक्त घटनालाई अनुसन्धान गर्नमा रोक लगाएपछि अमेरिकी अदालतले उहाँको कार्यालयमा भएको वार्तालापको गोप्य रेकर्डमा चोरीका लागि उहाँ र उहाँका वरिष्ठ सल्लाहकारको नै सम्लग्नता भएको प्रमाण अदालतले चोरसँग लिएको वयानमा उपलब्ध भएपछि उहाँमाथि महाअभियोग लगाउने पक्का भएको थियो । तर प्रस्तावको पक्षमा आवश्यक मत पुग्नसक्ने अवस्थामा अन्तिममा आएर उहाँले अगस्ट ९ गते राजिनामा दिनुभएको थियो ।  

 
सन् १९९९ मा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफूभन्दा झण्डै आधा उमेर कम भएकी मोनिका लेवेन्स्कीसँग यौनसम्बन्ध राखेकोबारे झूटो वयान दिएको आरोप लागेको थियो । तर क्लिन्टनको दलले उहाँविरूद्ध लागेको आरोपमा सशक्त प्रतिवाद गरेपछि क्लिन्टनविरूद्धको आरोप भने पुष्टि हुन सकेको थिएन । क्लिन्टनले पूरा कार्यकाल काम गरी सन् २००१ मा राष्ट्रपतिबाट विदा हुनुभएको थियो ।  

(रासस÷एएफपी)
–––  

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result