काठमाडौं । नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए। अध्यक्ष प्रचण्डले अव बन्ने सरकारको नेतृत्व आफ्नो दलले पाउनुपर्ने कुरा औपचारिक रुपमै बताउँदै आएका छन् । यसका लागि उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग पछि छलफल गरिरहेका छन् । आजको बैठकमा यसबारेमा गहन छलफल भएको बुझिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-