काठमाडौँ, पुस ४ : राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बुधवार थ्री स्टार क्लब र त्रिभुवन अार्मी क्लबले एक एक गाेलकाे बराबरी खेलेका छन् । थ्रीस्टार र अार्मीकाे याे बराबरीले शिर्ष स्थानमा रहेकाे मनाङ मर्याङ्दी क्लबलाई फाइदा भएकाे छ ।
समान नाै नाै खेल खेल्दा मनाङ र थ्रीस्टार बीचकाे अंक दुरी पाँच पुगेकाे छ । मनाङले नाै खेलमा सम्भव सबै २७ अंक जाेडेकाे छ थ्रीस्टार २२ मा नै राेकिएकाे छ । संकटा २४ अंक सहित दाेस्राे स्थानमा छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधवारकाे अन्तिम दुइ मिनेट थ्रीस्टारलाई महङ्गाे पर्याे । ७० अाै मिनेटमा निराजन खड्काकाे गाेल मार्फत लिएकाे अग्रतालाई थ्रीस्टारले जाेगाउन सकेन । खेल सकिन दुइ मिनेट बाँकी रहदा अार्मीले फ्रिकिककाे अवसर पायाे । त्यसलाई जर्ज प्रिन्स कार्कीले गाेलमा परिणत गरे ।
दिनकाे अर्काे खेलमा नेपाल पुलिस क्बल र ब्रिगेड ब्वाइज क्लबले पनि एक एक गाेलकाे बराबरी खेले । सातदाेवाटाेमा भएकाे खेलकाे पाँचाै मिनेटमा ऋतिक खड्काले गाेल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । ७५ औँ मिनेटमा पुलिसका अभिषेख रिजालले गोल फर्काउदै टिमका लागि अर्काे हार टारे ।
नाै खेलमा पुलिस १५ अङ्कका सहित पाचौँ स्थानमा छ । समान खेलमा ब्रिगेड ब्वाइज पाँच अङ्कका साथ एघारौं स्थानमा छ ।







प्रतिक्रिया लेख्नुहोस्:-