दूरबिन संवाददाता ।
वाशिङटन । अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको प्रस्ताव बहुमतले पारित गर्दै अगाडि बढाएको छ । आज भएको मतदानमा तल्लो सदनका बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हाले । ट्रम्पलाई महाअभियोग लगाउनु पर्ने कारण सहितका दुईवटा आर्टीकल अर्थात आरोपमाथी छलफल भएपछि मतदान भएको थियो । शक्तिको दुरुपयोग गरेको बारेको पहिलो आर्टिकल ( आरोप) लाई तल्लो सभाबाट २३० ले पारित भएको छ । अरोपको विपक्षमा १९७ मत परेको छ । जसमा कुनैपनि रिपव्लिकनहरुले प्रस्तावको पक्षमा मत जाहेर गरेनन । भने दुई डेमोक्रयाटहरुले ट्रम्पको पक्षमा मत दिएका थिए ।
पहिलो आरोप पारित भएपछि अर्को प्रस्तावको बारेमा छलफल र मतदान भयो । दोस्रो आरोप कंग्रेसलाई अवरोध पुर्याइएको भन्ने थियो । आरोपको पक्षमा वा ट्रम्पलाई महाअभियोग यसकारण लगाउन पर्छ भन्ने मत २२९ थियो भने आरोप लगाउनु हुदैन भन्ने मत १९८ थियो । प्रस्तावको पक्षमा कुनैपनि रिपव्लिकनहरु रहेनन भने तीन डेमोक्रयाटहरुले प्रस्तावको विपक्षमा मतदान गरे । मिनेसोटाका डेमोक्रयाट सांसद कोलिन र न्यु जर्सीका डेमोक्रयाट सांसद पिटर्सन, जेफ भान ड्रेउले दुवै आरोपको विपक्षमा अर्थात महाअभियोग गलाउनु हुंदैन भन्ने पक्षमा मतदान गरेका थिए । न्यु जर्सीका जेफ भान ड्रेउले छिट्टैनै दल परिवर्तन गर्न सक्ने आंकलन पनि गरिएको छ । त्यसै गरी एक अभियोगमा असहमति जनाउने डोमोक्रयाट सांसद माइनेका सांसद जारेड गोल्डेन रहेका छन ।
अमेरिकी प्रतिनिधि सभाबाट यसरी महाअभियोग पास भएको अमेरिकाको इतिहासमा यो तेस्रो पटक हो । यसअघि सा १९७८ मा एण्ड्र्यु जोन्सनमाथीको महाअभियोग प्रस्तावपनि तल्लो सदनबाट पारित भएको थियो । त्यसैगरि विल क्लिन्टन विरुद्धको महाअभियोग प्रस्तावपनि सन १९९८मा पारित भएको थियो तर दुवै प्रस्ताव सिनेटले अस्वीकृत गरेको थियो । त्यसैगरी सन १९७३ मा रिचर्ड निक्सन विरुद्ध महाअभियोग प्रस्तावको प्रक्रिया अघि बढिरहेको बेला उनले राजिनामा दिएका थिए । डोनल्ड ट्रम्प महाअभियोग सामना गर्ने तेस्रो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन ।
तल्लो सदनमा डेमोक्रेटहरुको बहुमत रहेका कारण पनि प्रस्ताव पास हुने निश्चित प्राय थियो । यसले ट्रम्पलाई थप नैतिक दवाव सिर्जना भएको छ । अव महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट दुई तिहाई बहुमतले पास भएमा ट्रम्प राष्ट्रपतिबाट बर्खास्त हुने छन् । तर माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत रहेको छ । माथिल्लो सदनमा महाअभियोग सम्बन्धि प्रक्रिया जनवरी पछि अगाडि बढ्ने छ । महाअभियोग संसदले अगाडि बढाउदै जादा ट्रम्प प्रतिपक्षी डेमोक्र्याट सांसद र सभामुखसँग थप आक्रोसित भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-