Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

४० जना नेपाली कलाकार अमेरिकाको एउटै मञ्चमा 

पुस ३, २०७६ ६:४१ मा प्रकाशित
४० जना नेपाली कलाकार अमेरिकाको एउटै मञ्चमा 
Share on FacebookShare on Twitter

पवन पौडेल / दूरबिन नेपाल


सानफ्रानसिस्को ।

ज्ञान, विज्ञान, प्रविधि र मनोरञ्जनका विविध आयम र माध्यमले छपक्कै ढाकिएको सानफ्रानसिस्को बे एरियामा बस्ने नेपालीहरू पनि कम्ता रौसिला छैनन् । नेपाली फिल्म वा स्टेज कार्यक्रम जता पनि नेपालीहरूको बाक्लो उपस्थिति देखिन्छ । अमेरिकामा नेपाली दर्शकको मन बहलाउने चाहना र मनस्थितिलाई बुझेका केही नेपाली युवा र संघ संस्था दिनरात यस्तै कार्यक्रममा दौडिरहेका देखिन्छन् । मनोरञ्जनका साथै आफ्नो भेष भुषा, माटो, संस्कार र संस्कृतिसँग प्रवासमा जोडिने अवसरलाई सदुपयोग गरेको उनीहरूको तर्क छ । 

मनोरञ्जनका लागि पनि थरिथरिका अभ्यास र विभिन्न प्रयोग भइरहेका हुन्छन् । सबैका लागी मनोरञ्जन’ भन्ने नाम लिएर जन्मिएको  इनलाइभनिङ  इन्टरटेन्मेन्ट ग्रुपले बे एरियामा नयाँ शैलीमा मनोरञ्जनात्मक कार्यक्रम पस्कन लागि रहेको छ । यो समुहले एउटै मञ्चमा ४० भन्दा बढी स्थानीय कलाकारलाई उतारेर नेपालीहरू बीचमा अङ्ग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गर्दै छ । आयोजकहरूले दूरबिन नेपालसँग कुरा गर्दै नेपाली र अङ्ग्रेजी दुवै भाषाका गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिने बताए । व्यक्तिगत , समूहगत र ब्याण्डका  गरी २२ वटा प्रस्तुतिका लागि पूर्व अभ्यास भइरहेको छ । 

 डिसेम्बर २८ को दिन ओकल्यान्ड मेट्रो ओपेराहाउसमा  साँझ ६ बजे बाट सुरु हुने कार्यक्रममा सबै उमेर समुहका लागि मिल्दाजुल्दा र आकर्षक प्रस्तुति रहने आयोजकहरूको दावी छ । कार्यक्रममा प्रवेश शुल्क दश डलर मात्र रहेको छ ।  बे एरियाका नेपाली युवा युवतीहरू मिलेर स्थापना गरेका इनलाइभनिङ इन्टरटेन्मेन्टको यो सुरुवाती कार्यक्रम हो । पूर्वीय र पाश्चात्य गीत सङ्गीतको संगमका रुपमा हेरिएको यो कार्यक्रमले दर्शक स्रोताको मन जित्न सकेमा बे एरियामा हुने मनोरञ्जनात्मक नेपाली कार्यक्रमको शैली र ढर्रामा पनि बदलाव आउने छ । आयोजक संस्थाकी  संस्थापक अस्मिता फुयाल तीन महिनादेखि कार्यक्रमको पूर्व तयारी र अभ्यासमा खटिरहेकी छन् । अस्मिताले दूरबिन नेपालसँग भनिन्    “स्थानिय कलाकारहरू बीचको सहकार्य, तदारुकता र मेहनेत हेर्दा उत्कृष्ट प्रदर्शन र  भरपुर मनोरञ्जन दर्शक र श्रोतालाई दिन सक्नु हुनेछ भन्नेमा विश्वस्त छु ।” 

यो कार्यक्रमसँगै युवा पुस्ता माथिको भरोसा साथै संस्थाको पहिचान र विश्वास बढ्नेमा अस्मिता ढुक्क छन् ।  कार्यक्रम आयोजनाको नेतृत्व गरिरहेकी अर्की सदस्य प्रार्थना कार्की पनि कार्यक्रम भव्य र अपेक्षित हुनेमा विश्वस्त छन् । दूरबिन नेपालसँग कुरागर्दै कार्कीले भनिन्  ” इष्ट बे देखी साउथ बे एरियाका  ४२ जना भन्दा बढी कलाकारले  एकै स्टेजमा आफ्नो  प्रस्तुतीका लागि तयार हुनु नै संस्थाको उद्देश्य र लक्ष अनुसारको अभ्यास हो ।” 

वे एरियामा रहेका नेपाली युवा युवतीहरूको प्रयास सफल बनाउन समाजका केही अग्रज अगुवाहरूले पनि साथ दिइरहेका छन् । सहभागिता जुटाउने र कार्यक्रमका लागि चाहिने अर्थ सङ्कलन आफैमा बोझिला काम हुन् । यो चुनौतीलाई चिर्न युवापुस्ताले कौशल देखाएमा मात्र लक्ष हासिल गर्न सहज हुने छ । 

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result