Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेलम्चीको पानी असारभित्र काठमांडौंमा

पुस ४, २०७६ ७:४५ मा प्रकाशित
मेलम्चीको पानी असारभित्र काठमांडौंमा
Share on FacebookShare on Twitter

–नारायण ढुङ्गाना

    हेलम्बु, सिन्धुपाल्चोक, ४ पुस

मेलम्ची खोला आफ्नै तालमा छङछङ् बगिरहेको छ । समीपमा केही मजदुर रड बुुन्दै छन् । कोही ड्रिल गरेर पहरा फोर्दैछन् । स्काभेटर खोला खोलेर ढुङ्गा निकाल्न प्रयोग भइरहेको छ । टिप्परहरु बालुवा–गिट्टी बोकिरहेका छन् । अन्य मजदुरहरु फलाम काट्ने, रड मिलाउँदै छन् । शुक्रबार अपराह्न बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित आम्बाथानमा यस्तैयस्तै दृश्य देखिन्थ्यो । यहाँ इन्जिनीयरहरु पहेँलो ज्याकेट र प्लाष्टिक ह्याट लगाएर मजदुरलाई निर्देशन दिइरहेका थिए । चाइनिज कामदार पनि आ–आफ्नै जिम्मेवारीमा व्यस्त थिए ।

कामको तीव्रता देख्दा सम्झौताको समयअघि नै काठमाडौँमा पानी झर्ने आश गर्न सकिन्थ्यो । चालु आर्थिक वर्षको असार मसान्तभित्रैमा सुन्दरीजल पानी झार्ने योजनाका साथ अहिले यहाँ कामलाई तीव्रता दिइएको छ । आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्नुहुन्छ, “आगामी असारभित्रैमा अस्थायी बाँध बाँधेरै भए पनि सुन्दरीजलमा पानी झार्ने तयारी भइरहेको छ ।” तेस्रो पटक नियुक्त भएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा कामदार र मेशिनरी औजार परिचालन गरेकाले असारमा पानी पु¥याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै आएको छ ।

शुक्रबार राससकर्मी आयोजनाको मुहान क्षेत्र पुग्दा कार्यकारी निर्देशक खत्री फिल्डमा आफैँ खटिनुभएको थियो । यहाँ अहिले हेडवक्र्स (इन्टेक)को काम तीव्र रुपमा भइरहेको छ । त्यही हेडवक्र्समार्फत पानी टनेलमा पठाइन्छ । टनेलको गेट बनाउने कामसमेत जारी छ । उक्त कम्पनीसँग भएको सम्झौतामा ३२ वटा गेट बनाइने उल्लेख छ । दश प्रतिशत बोनसको व्यवस्था भएकाले चिनियाँ निर्माण कम्पनीले काम तदारुकताका साथ गरिरहेको खत्रीले राससलाई बताउनुभयो । ढिला गरेमा भने जरिवाना लाग्नेछ । अहिले कामको प्रगति देख्दा असारमा पानी झार्ने सकिने उहाँले दाबी गर्नुभयो । उहाँले सुरुङभित्रको काम ‘फिनिसिङ’को चरणमा पुगेकाले १० प्रतिशतमात्रै बाँकी रहेको बताउनुभयो । आयोजनाको सबै गरेर ९५ प्रतिशत काम सकिएको उहाँको भनाइ छ । टनेलको मात्रै ९० र मुहान क्षेत्रको काम ६० प्रतिशत सकिएको जनाइएको छ ।

यही असोजमा १५ महिने ठेक्का सम्झौता भएको सिनोले एक महिनादेखि आयोजनाको बाँकी कामलाई तीव्रता दिइरहेको छ । दैनिक तीन सय कामदार र आवश्यक मात्रामा मेशिनरी औजार परिचालन गरिएको छ । आयोजनाको मुख्य संरचना साढे २६ किलोमिटर लामो सुरुङमार्ग छेडेको इटालियन ठेकेदार कम्पनी सीएमसीले ठेक्का तोडेपछि बाँकी काम सिनोले गरिरहेको छ । उसले मुहानस्थलमा हेडवक्र्स, अस्थायी संरचना, कफर्ड ड्यामको काम गरिरहेको छ ।

कार्यकारी निर्देशक खत्रीले सुरुङ ढलान गर्ने काम साढे दुई किलोमिटर बाँकी रहेको बताउनुभयो । सुरुङमा २८ वटा गेट राख्नुपर्नेछ । मुहानमा स्थायी संरचना हेडवक्र्स (इन्टेक) बन्न अझै एक वर्ष लाग्ने भएकाले तत्काल अस्थायी ड्याम बनाएर पानी पठाउन लागिएको छ । सिनोले सुरुङको बाँकी काम गर्न रु ८५ करोड र रु एक अर्ब दुई करोडमा हेडवक्र्सको ठेक्का पाएको आयोजनाले जनाएको छ । असोजमा गरिएको सम्झौताअनुसार १५ महिनाभित्र दुवै काम सक्नुपर्नेछ । मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना हो । सरकारले २०५५ बाट मेलम्चीको काम अघि बढाएको थियो ।

साढे २६ किलोमिटर सुरुङ खन्नुपर्नेमा झण्डै ६ किमीमात्र खनेर सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वेले ठेक्का तोडेको थियो । बाँकी काम गर्न ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीले आफ्नै कारणले गत वर्षको पुसमा आयोजना छोडेकाले सरकारले ठेक्का तोडेको थियो । यहाँ २०७४ चैतमा सुरुङमार्ग छेडिएको थियो । अहिले मुहान क्षेत्रमा चिनियाँ २० र नेपाली १२० कामदारले काम गरिरहेका छन् । कूल गरेर ३०० कामदार परिचालन छन् । जसमा ७० जना चाइनिज रहेको जनाइएको छ ।

रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result