दूरबिन संवाददाता
भारतमा नागरिकता कानुन संशोधनको विरोधमा भएको झडपमा उत्तर प्रदेशमा ६ जनाका मृत्यु भएको छ। उत्तर प्रदेशको बिजनौरमा गोली लागेर २ युवकको मृत्यु भएको छ। बिजनौरको नहटौरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना गम्भीर घाइते भएकामा २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। त्यसक्रममा ८ प्रहरी घाइते भएका छन्।

यस्तै, लखनऊ, कानपुर, सम्भल र फिरोजवादमा १–१ जनाको मृत्यु भएको छ। मेरठमा प्रदर्शनकारीले एक प्रहरीचौकी जलाएका छन्। उत्तर प्रदेशमा शुक्रबार नमाज पछि हिंसा भड्किएको हो। विशेषगरी, फिरोजावाद, गोरखपुर, मेरठ, गाजियावाद, हापुड, बहराइच, मुजफ्फुर नगर, कानपुर, उन्नाव, भदोहीमा हिंसात्मक प्रदर्शन भएका छन् ।
उता भारतीय गृह मन्त्री अमित शाहले भने प्रदर्शनलाई घुसपैठको संज्ञा दिएका छन । मोदी सरकारले देशैभरि प्रर्दशन गर्न प्रतिवन्ध लगाएपनि विशेषत राजधानी दिल्लि लगायत उत्तरका राज्यहरूमा हिंसात्मक झडप हुने क्रम भने जारी छ ।
तस्बिर: गुगल
एजेन्सिहरुको सहयोगमा







प्रतिक्रिया लेख्नुहोस्:-