काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । पार्टी संसदीय दलको मंगलबार बसेको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन् । नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्। अरु राजनीतिक दलमा संसदीय दलको अध्यक्ष बन्न धेरैले आकांक्षा देखाए पनि एमालेमा भने ओली सर्वसम्मत रुपमा नै छानिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-