Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेक्सिको पर्खालको बजेट पारित नभए विशेषाधिकार – राष्ट्रपति ट्रम्प

पुस ६, २०७५ ११:५६ मा प्रकाशित
मेक्सिको पर्खालको बजेट पारित नभए विशेषाधिकार – राष्ट्रपति ट्रम्प

President Donald Trump signs H.R. 2, the "Agriculture Improvement Act of 2018," in the South Court Auditorium of the Eisenhower Executive Office Building, on the White House complex, Thursday, Dec. 20, 2018, in Washington. (AP Photo/Jacquelyn Martin)

Share on FacebookShare on Twitter

वासिङटन, ६ पुस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट पारित नगर्ने हो भने आफूले कामचलाउ प्रयोजनका लागि उक्त विधेयकमा विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।

अमेरिकी माथिल्लो सदनले सीमा पर्खालका लागि प्रस्तावित पाँच अर्ब डलर बाहेक बाँकी बजेट मात्र पारित गरेपछि राष्ट्रपतिको यस्तो भनाइ सार्वजनिक भएको हो ।

उक्त विधेयक अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित भएर सिनेटमा पुगेको थियो । राष्ट्रपतिको मागलाई विचार गरी तल्लो सदनमा २१७–१८५ को बहुमतले विधेयक पारित गरिएको थियो ।

उक्त विधेयक पारित भएकोमा खुशी भएका राष्ट्रपति ट्रम्पको अघिल्तिर फेरि सिनेटको तगारो बाँकी नै छ किनभने उक्त विधेयक १०० सदस्यीय सिनेटबाट पारित हुन ६० मत प्राप्त हुनु पर्दछ जबकी सिनेटमा रिपब्लीकनको ५१ सिट मात्र छ ।

विधेयक पारित नभए शनिबारदेखि कतिपय सङ्घीय कार्यालयहरुमा बजेट अभाव हुनेछ । सिनेटले भने फेब्रुअरी ८ सम्मका लागि बजेट पारित गरी राष्ट्रपतिसमक्ष स्वीकृतिका लागि पठाइसकेको छ ।

सिनेटमा रिपब्लीकन सिनेटरसँगको छलफलपछि ट्रम्पले भन्नुभयो, “मैले आफ्नो कुरा प्रस्टसँग राखेँ । बजेटमा सीमा सुरक्षासम्बन्धी खर्च राख्नुको विकल्पै छैन । पर्खालको ठूलो महत्व छ, चाहे हामीलाई त्यो मन परोस् वा नपरोस् । अरु कुनै चिजभन्दा यसले अझ बढी राम्रोसँग कार्य गर्नेछ ।”

राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्राटिक पार्टीका वरिष्ट नेताहरुसँगको छलफलमा पनि पर्खाल निर्माणका लागि पाँच अर्ब डलरको बजेट पारित नभए आफूले बजेट स्वीकृत नगर्ने चेतावनी दिनुभएको थियो । साथै उहाँले बजेट अभावमा अमेरिकी सरकारी निकायहरु बन्द भएको अवस्थामा त्यसको जिम्मेवारी डेमोक्राट पार्टीले पनि लिनुपर्ने बताउनुभएको छ ।

ट्रम्पको टिप्पणीले रिपब्लीकन र डेमोक्राटिक पार्टीबीच अघिल्लो दिन भएको भद्र सहमतिलाई उल्ट्याएको छ । अन्य विकल्प बाँकी नरहेपछि क्रिसमस अघि सरकारी कार्यालयहरु बन्द गर्नुपर्ने परिस्थिति नआओस् भन्नका लागि दुबै पार्टीबीच सीमा पर्खाल बाहेकको बजेट पारित गर्ने सहमति भएको थियो ।

डेमोक्राट पार्टीका नेताहरुले मेक्सिकोसँगको सीमा पर्खाल निर्माण आवश्यक नरहेको र त्यो खर्चको सत्यानाश मात्र हुने भन्दै निरन्तर आलोचना गरिरहेका छन् । उनीहरुले संसदका दुबै सदनमा उक्त प्रस्ताव विरुद्ध मतदान गर्ने जनाइसकेका छन् ।

बजेट अभावमा आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, राष्ट्रिय निकुञ्ज, यातायात तथा हाउजिङ समेतका निकायहरु नराम्रोसँग प्रभावित हुनेछन् । तर सैनिक समेतका अन्य सरकारी निकायहरुमा प्रभाव पर्ने छैन । यसैवर्षको शुरुमा सेप्टेम्बरसम्मका लागि बजेट पारित भएका कारण यी निकायमा समस्या हुने छैन ।

बजेट अभाव झेल्ने एजेन्सीमा कार्यरत एक लाखभन्दा बढी कर्मचारीले तलब पाउने छैनन् र उनीहरुलाई रित्तो हात घर पठाइनेछ ।

मेक्सिको सीमामा पर्खाल लगाउने राष्ट्रपति ट्रम्पको सबैभन्दा ठूलो चुनावी एजेन्डा पनि हो । उहाँले सन् २०१५ मा राष्ट्रपतीय चुनावी प्रचार अभियानदेखि हालसम्म पर्खाल निर्माण गरिछाड्ने प्रतिज्ञा गरिरहनुभएको छ ।

अमेरिकी तल्लो सदनमा डेमोक्राटिक पार्टी नेतृ नान्सी पेलोसीले भन्नुभयो, “पर्खालको केही काम छैन, मेरो विचारमा उनीहरुले यो कुरा राम्रैसँग बुझेका छन् ।”

(रासस/एपी)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result