Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रवि ओड बने नेपाल आइडल सिजन-२ को बिजेता

पुस ६, २०७५ ४:४५ मा प्रकाशित
रवि ओड बने नेपाल आइडल सिजन-२ को बिजेता
Share on FacebookShare on Twitter

काठमाण्डौं, डिसेम्वर २१/ गायनको क्षेत्रमा बहुचर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी सो ‘नेपाल आइडल’ सिजन-२’ को बिजेता रवि ओड बनेका छन्। 

ललितपुरस्थित पुल्चोक इन्जीनियरिंग कलेजको मैदानमा भर्खरै सम्पन्न ग्र्याण्ड फिनालेमा नेपाल आइडलको दोश्रो संस्करणको बिजेता घोषणा गरिएको हो। फाइनलमा पुगेका रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी मध्येबाट दर्शकको सबैभन्दा धेरै भोट पाउँदै रवि ओड नेपालको ‘दोश्रो नेपाल आइडल’ बन्न सफल भएका छन्। नेपाल आइडलको दोश्रो संस्करण बिजेता बनेका धनगढीका रवि ओडलाई संसार भरबाट नै समर्थन प्राप्त भएको थियो। उनको बिजय पश्चात उनको गृहनगर धनगढी र पुरै सुदुर पश्चिममा उत्सवको माहौल बनेको स्थानीयहरुले बताएका छन्। 

रवि बिजेता बनिरहँदा अर्का उत्कृष्ट प्रतिस्पर्धी पोखराका बिक्रम बराल उप बिजेता (फर्स्ट रनर-अप) भए भने झापाका सुमित पाठक सेकेण्ड रनर-अप भएका छन्। यसैगरी झापा कै अस्मिता अधिकारी थर्ड रनर-अप भएकी छिन्।

गतसाल सम्पन्न पहिलो संस्करणको नेपाल आइडलमा पोखराका बुद्ध लामा बिजेता बनेका थिए भने मोरङका निशान भट्टराई र ललितपुरका प्रताप दास क्रमशः फर्स्ट र सेकेन्ड रनरअप भएका थिए। 

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने ट्यागलाइनका करीब छ महिना अघि शुरु भएको नेपाल आइडलको दोस्रो संस्करण बिजेता रवि ओडले गोल्डेन ट्र्फी सहित २२  लाख रुपैयाँ नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र विश्व भ्रमणको अवसर प्राप्त गरेका छन्। पुरस्कार घोषणाका बेला जानकारी नगराइएको भएपनि यो पटक रविलाई गाडी नलिएर २२ लाख नगद पुरस्कारमा थप २८ लाख सहित ५० लाख रुपैयाँ लिन सक्ने सहुलिएत भएको जानकारी प्राप्त भएको छ। 

बिजेता घोषणा भएपछि निकै भावुक बनेका रवि ओडले खुसीको आँसु थाम्न सकेनन्। उनले भने- “हामी चार जना नै बिजेता हो, तपाईंहरु सबै बिजेता हो।”

उपबिजेता बिक्रम बरालले २० लाख नगद पुरस्कार पाए भने सेकेण्ड रनर अप सुमित पाठकले १५ लाख नगद पुरस्कार पाएका छन्। त्यसैगरी थर्ड रनर अप अस्मिता अधिकारीले होण्डाको स्कुटी उपहार पाएकी छिन्। यस अतिरिक्त चारैजना फाइनलिष्टहरुले संग-संगै विश्व भ्रमण गर्दै सांगीतिक प्रस्तुति दिने अवसर पनि पाउने छन्। 

आनी छोईंग डोल्माको बहुचर्चित गीत ‘फूलको आँखामा फूलै संसार’बोलको गीतबाट शुरु भएको ग्र्याण्ड फिनालेमा हास्य कलाकार सन्दिप क्षेत्रीले केहीबेर दर्शक, म्यूजिसियन र निर्णायकहरुलाई मुर्च्छा पर्नेगरी हँसाएका थिए।

नेपाल आइडलको दोश्रो संस्करणमा पनि पहिलो संस्करणकै निर्णायकहरु न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहेका थिए भने रीमा विश्वकर्मा र आसिफ शाहले निकै उत्कृष्ट शैलीमा होस्ट गरेका थिए।

यूट्यूबमा नै भएपनि कुनै इपिसोड हेर्न नछुटाएका नेपालमा झापाको भद्रपुर घर भएका र हाल अमेरिकाको भर्जिनिया निबासी नारायण अधिकारीलाई नेपाल आइडलको दोश्रो संस्करणबाट रवि ओड बिजेता हुनु भनेको प्राविधिक कुरा मात्र हो भन्ने लाग्छ। “गीत-संगीतका पारखीहरुका लागि उत्कृष्ट चारमा परेका सबै आइडल हुन्, अधिकारी भन्छन्। 

ह्युस्टनका मोहन आचार्यलाई चाहिं सुमित पाठक आइडल भएको हेर्ने रहर रहेछ, तैपनि राम्रो गाउने मध्ये कै रवि ओड नेपाल आइडल बनेकोमा खुसी लागेको बताए। 

प्रवासमा बसेर नेपाली गीत-संगीतको मज्जा लिइरहेकालाई लागेको छ-नेपाल आइडल जस्तो ‘रियालिटी शो’हरुले गायन क्षमता भएका गज्जबका गायकहरु जन्माइदिएको छ। “प्रतियोगिताको नियामानुसार बन्ने पहिलो वा दोश्रो बरियताले होइन, उनीहरुले दिने उत्कृष्ट सांगीतिक प्रस्तुतिले उनीहरुलाई नेपालीहरुको मन मस्तिष्कमा बिजेता बनाइरहने छ।”, नेपाल आइडलको दोश्रो संस्करणको बिजेता घोषणा पश्चात लाईभ हेरिरहका किशोर घिमिरेको प्रतिक्रिया हो यो।

फोटो फिचर: 

 

तस्बिर: एपिवान टेलिभिजनको प्रत्यक्ष प्रशारणबाट सुजन पण्डित/दूरबिन नेपाल

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result