काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताएका छन् ।
उनले शनिबार नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सुनसरीको इटहरीमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उहाँले यस दिवसलाई सँधै अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गरे।
जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले नेपालमा जेसिजको लगातार विस्तार र प्रकाशको ज्योति छर्ने काम भएकामा प्रशंसा व्यक्त गरे। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाशाली युवाहरूलाई सम्मानित गरिएको थियो ।
अ
प्रतिक्रिया लेख्नुहोस्:-